२३ बैशाख २०८१, आईतवार

प्रधानमन्त्रीलाई विश्वासको मत दिनु पर्ने कुनै आधार देखिएन : पौडेल

bishnu

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनु पर्ने कुनै आधार नदेखिएको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले प्रस्तुत गरेको विश्वासको मत सम्बन्धी प्रस्तावका विषयमा आफ्नो दलको धारणा संसदलाई जानकारी दिने क्रममा उनले त्यस्तो बताएका हुन् ।

एमाले उपाध्यक्ष पौडेलले आफ्नो दल विश्वासको मतको विपक्षमा रहेको पनि स्पष्ट पारे । उनले भने, ‘उहाँलाई विश्वासको मत दिनु पर्ने कुनै आधार र कुनै कारण देखिएन । नेकपा एमाले मात्र होइन यो सिंगो सदन नै विश्वासको मतको विपक्षमा दृढतापूर्वक उभियोस् भनेर म हार्दिकतापूर्वक आग्रह गर्न चाहन्छु ।’

    सम्बन्धित समाचार...