६ बैशाख २०८१, बिहीबार

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने एमाले संसदीय दलको निर्णय

uml

मुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ । आज (सोमबार) बसेको संसदीय दलको बैठकले यस्तो निर्णय लिएको हो । यसअघि एमालेकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

तर, २६ पुषमा कांग्रेसले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको र राष्ट्रपतिको निर्वाचनमा दाहालले कांग्रेसका रामचन्द्र पौडेललाई समर्थन गरेपछि एमाले सरकारबाट बाहिरिएको थियो ।

र, उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो । एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले आजै संसद्मा दोस्रो पटक विश्वासको मत लिँदैछन् । त्यसभन्दा अघि बसेको एमालेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।