स्ववियु निर्वाचनको चुनावी रौनक कर्णालीको एकमात्र आंगिक क्याम्पस जुम्लामा

जुम्ला बहुमुखी क्याम्पस साविकको कर्णाली अञ्चलमा त्रिभुवन विश्वविद्यालयको एकमात्र आंगिक क्याम्पस हो । १४ वर्षदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन यतिबेला हुँदैछ।
क्याम्पसमा तीन ठूला राजनीतिक पार्टीले यसलाई आफ्नो प्रतिष्ठासँग जोडेको हुनाले आफ्नो सम्पूर्ण संयन्त्र नै परिचालन गरेर लागेका छन्। यसले आम निर्वाचनको झल्को दिइरहेको छ।
देशका तीन ठूला पार्टीहरु कांग्रेस, एमाले र माओवादीका जनवर्गीय संगठनहरु नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीसहित राप्रपाको राप्रविसंघ, विप्लवको अखिल क्रान्तिकारी विप्लव, नेमकिपाको नेक्राविसंघ चुनावी मैदानमा छन्।
जुम्ला बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायमा स्नातक र स्नातकोत्तर तह तथा व्यवस्थापन संकायको स्नातक तहमा अध्यापन हुँदै आएको छ।
कुल सात सय ८२ मतदाता रहेकोमा पाँच सय २८ जनाले मात्रै परिचय पत्र लिएका हुनाले कुल पाँच सय २७ मत मात्रै खस्न सक्ने अनुमान रहेको निर्वाचन अधिकृत तथा उपप्राध्यापक प्रकाशचन्द्र खत्रीले जानकारी दिए । उनकाअनुसार निर्वाचन अवधिभर सुरक्षा व्यवस्था कडा पारिएको छ भने क्याम्पसको सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ।
कोमतदान बिहान आठ बजेदेखि सुरु भएर अपराह्न चार बजेसम्म चल्नेछ।
