१३ बैशाख २०८१, बिहीबार

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश नापोली

napoli champions

इटालियन लिग नापोली युएफा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नापोलीले फ्रान्कफर्टलाई समग्रमा ५ – ० गोलले हराएको हो ।

नापोली पहिलो लेगमै २ – ० गोलले अघि रहेको थियो । गएराति घरेलु मैदान डियागो अर्मान्डा रंगशालामा भएको दोस्रो लेगमा फ्रान्कफर्टलाई ३ – ० गोलले हराएको हो ।

पहिलो हाफमै भिक्टर ओसिमहेनको गोलमा नापोलीले अग्रता बनाएको थियो । माटियो पोलीटानीको सहयोगमा नाइजेरियाका स्ट्राइकर ओसिमहेनको हेडर गोलमा नापोलीले अग्रता बनाएको थियो ।

दोस्रो हाफ सुरु भएको सात मिनेटमै नापोलीले अग्रता दोब्बर बनायो । जियोभानी डि लेरोन्जोले उत्कृष्ट प्रदर्शन गर्दै दिएको पासमा ओसिमहेनले व्यक्तिगत दोस्रो गोल गरेका हुन् । ६४ औँ मिनेटमा पिटर जेलेन्स्कीले पेनाल्टीमा गोल गर्दै नापोलीको ३ – ० गोलको जित सुनिश्चित बनाएका हुन् ।

पेनाल्टी अघि फ्रान्कफर्टले अन्तर घटाउने मौका पाएपनि डाइचा कामाडाले गोलका लागि पाएको अवसर सदुपयोग गर्न सकेनन् । बाँकी समय बेल्जियन फ्रान्कफर्ट खेलमा फर्कन र नापोली अन्तिम ८ प्रवेश गर्‍यो ।