१५ चैत्र २०८०, बिहीबार

किन एक वर्ष पनि नपुगी वर्षाको वैवाहिक सम्बन्ध टुङ्गियो ?

barsha e1678897351926

वैशाख महिनाको ९ गते नायिका वर्षा सिवाकोटीले अमेरिका रहँदै आएका इन्जिनियर आशिष गेलालसँग बिहे गरिन् । आशिष र वर्षाबिच मागी बिहे थियो । परिवारबाट कुरा चलेपछि वर्षाले आशिषसँग बिहे गरेकी हुन् । बिहे गरेको केही दिन पोखरामा हनिमुन मनाएर आशिष अमेरिका हानिए । त्यसको केही दिनपछि वर्षा पनि अमेरिका पुगिन् ।

तर, अमेरिका गएको २ महिनामै वर्षा नेपाल फर्किइन् । उनी, नेपाल फर्किएसँगै आशिष र उनको सम्बन्धमा दरार आएको खबर सार्वजनिक भएको थियो । विवाहको केही महिनापछि सामाजिक सञ्जालहरूमा फलो र अनफलो गरेपछि उनीहरूको सम्बन्धमाथि खटनपटन भइरहेको चर्चा चलेको थियो । तर, यो विषयमा वर्षाले अहिलेसम्म केही पनि बोलेकी छैनन् ।

तर, वर्षाका पूर्व श्रीमान् आशिषले बिहे गरेको तस्बिर बाहिरिएसँगै डिभोर्स भएको पुष्टि भएको हो ।

श्रोतका अनुसार, वर्षा र आशिषबिच केही महिना अगाडि नै डिभोर्स भएको थियो । यो विषयमा आशिष र वर्षाले केही पनि बोलेका छैनन् । आशिषले भने समीक्षा नाम गरेकी एक युवतिसँग बिहे गरेका छन् ।

वैशाखमा बिहे गरेकी वर्षाको १० महिनामै वैवाहिक सम्बन्ध टुङ्गिएको छ । वर्षा चाडै नै ‘कामिनो’ नामक फिल्ममा काम गर्ने तयारीमा छिन् ।

    सम्बन्धित समाचार...