१४ बैशाख २०८१, शुक्रबार

उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाट तीनजनाको उम्मेदवारी, एमालेबाट अष्टलक्ष्मी

Deputy President Election 079

सत्तारुढ १० दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा तीनजनाको उम्मेदवारी परेको छ ।

सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट दुईजना र जनमत पार्टीबाट एक गरी तीनजनाको उम्मेदवारी परेको हो । जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको हो । प्रमिला यादवको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहेका छन् । समर्थकमा अनीता देवकोटा, विमला सुवेदी, सीता गुरुङ, जयन्ती राई, मनीष सुमन रहेका छन् ।

त्यस्तै रामसहायप्रसाद यादवको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी छन् । समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी छन् ।

त्यस्तै १० दलीय गठबन्धनबाटै जनमत पार्टीकी नेता ममता झाले पनि उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । १० दलीय गठबन्धनबाट उनले पनि उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी हुन् । उनको प्रस्तावकमा अब्दुल खान, अनीता देवी, गंगाराम चौधरी, अविराम शर्मा, रुपाकुमारी यादव छन् । समर्थकमा गोमा लाभ सापकोटा, विनीताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी छन् ।

नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा अध्यक्ष केपी ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, रघुवीर महासेठ छन् । समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल छन् ।

    सम्बन्धित समाचार...