२० बैशाख २०८१, बिहीबार

दश दलीय बैठक बालुवाटारमा, प्रभु साह पनि मिसिए

gath

 बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बोलाईएको आजको बैठकमा आम जनता पार्टीका अध्यक्ष प्रभु शाह पनि सहभागी भएका छन् ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, आम जनता पार्टी, नेपाल समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरु सहभागी रहेका छन् ।

उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज उम्मेदवार मनोनयनको कार्यतालिका छ । निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बन्न नपाउने निर्णय गरेपछि दलहरू अलमलमा परेका छन् ।

पछिल्लो दिनमा विकास भएको राजनीतिक घटनाक्रमलाई समेत प्रभावित गर्ने गरी आयोगको पदाधिकारी बैठकले शुक्रबार उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने निर्णय गरेपछि सोहि विषयमा आजको बैठक केन्द्रित रहने जनाइएको छ ।

gatnbandan3
gathbandn2
gathbandhan1

    सम्बन्धित समाचार...