२३ बैशाख २०८१, आईतवार

सर्वोच्च अदातमा दायर भएको प्रचण्डविरुद्धको रिटमा बोल्यो नेपाल बार एशोसिएशन

nepal bar

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदातमा दायर भएको मुद्धाकोविरुद्ध नेपाल बार एशोशिएसनले आफ्नो धारणा सार्वजनिक गरेको छ । आज (मंगलबार) आफ्नो धारणा सार्वजनिक गर्दै बारले द्वन्द्कालीन घटनालाई निष्कर्षमा पुर्याउन नेपाल सरकार र त्यससँग सम्बन्धित आयोगहरु नै जिम्मेवार रहेको बताएको हो ।

‘शान्ति प्रक्रियालाई निष्कर्षमा पुऱ्याउने उद्देश्यले विगतमा भएको विस्तृत शान्ति सम्झौता, नेपालको संविधान तथा गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगको काम, कर्तव्य र क्षेत्राधिकार उल्लेख भई दुवै आयोगहरुले आफ्नो क्षेत्राधिकार अर्न्तगतका कार्यहरु गर्दै आईरहेको अवस्थामा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुऱ्याउने र पीडितलाई उचित न्याय प्रदान गर्न नेपाल सरकार र गठित आयोगहरु नै जिम्मेवार हुन जरुरी छ,’– बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

बारका अध्यक्ष घिमिरेले रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै राजनीतिक भाषणको आधारमा मुद्धा दायर गर्नेले शान्ति सम्झौता गलत थियो भन्न सक्नुपर्ने बताए । ‘कि सबै कुरा गलत भयो भन्नुपर्यो । नत्र शान्ति सम्झौताबाट टुंगिएको विषय एउटा राजनीतिक भाषणलाई आधार बनाएर मुद्दा चल्ने भन्ने कुरा हुनसक्दैन । एउटा राजनीतिक भाषण, जुन हिजोको द्वन्द्वसँग सम्बन्धित थियो । अब द्वन्द्वसँग सम्बन्धित भाषणलाई लिएर त्यही आधारमा क्रिमिनल कोर्टमा मुद्धा चल्ने भन्ने कुरा सम्भव जस्तो लाग्दैन । म फौजदारी कानुनको विद्यार्थीकै नाताले भनिराखेको छु– त्यो त एउटा भाषण न थियो प्रचण्डको’– उनले भने ।

प्रधानमन्त्री प्रचण्डले तीन वर्षअघि माघीको अवसरमा टुँडिखेलमा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्र आरन, कल्याण बुढाथोकी, जितेन्द्र मोक्तान लगायतका अधिवक्ताहरुले सर्वोच्चमा रिट दायर गरेका छन् ।

11 Press Release 2079 11 23 scaled f

    सम्बन्धित समाचार...