३१ बैशाख २०८१, सोमबार

रेष्टुरेन्टको ६ तलामाथिबाट खसेर माधव नेपालका भाइ सरोजकुमारको निधन

Saroj kumar Upadyaya

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको निधन भएको छ ।

उहाँ एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ समेत हुन् ।

उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार उनलाई तत्काल उद्धार गरेर सिभिल अस्पताल लगिएको थियो ।

उपचारकैक्रममा उपाध्यायको निधन भएको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका स्वकीय सचिव मोहन गौतमले बताउनुभयो ।

    सम्बन्धित समाचार...