२२ बैशाख २०८१, शनिबार

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई सघाउन बन्यो आठ दलीय कार्यदल

aa 2

सत्ताको नेतृत्वकर्ता माओवादी केन्द्रसहितको आठ दलीय मोर्चाले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई सघाउन कार्यदल बनाएको छ । मोर्चाको बैठकले पौडलको पक्षमा मतदानका लागि आफ्ना सांसदहरूलाई प्रशिक्षण दिने र अन्तरपार्टी छलफल गर्ने निर्णयसमेत गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको बैठकले फागुन २३ गतेसम्म सबै सांसदलाई काठमाडौंमा केन्द्रित गर्ने निर्णय गरेको हो । संघीय सांसदहरूलाई १८ गते र प्रदेश सांसदलाई १९ गते सातै प्रदेशमा प्रशिक्षण दिने ८ दलले निर्णय गरेका छन् ।

बैठकमा आठ दलबाट एक–एक जना सदस्य रहने गरी कार्यदल बनाएर पार्टीभित्र र अन्तर पार्टी छलफल चलाउने निर्णय समेत भएको छ ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा आठ दलले नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई उम्मेदवार बनाएका छन् । नेकपा एमालेले सुवास नेम्वाङलाई उठाएको छ ।

राष्ट्रपतिका उम्मेदवारमाथि आज उजुरी छानबिन गर्ने र भोलि अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन तालिका छ ।

    सम्बन्धित समाचार...