३० बैशाख २०८१, आईतवार

आठ दलको बैठकमा एलिजा गौतमको इन्ट्री

eight dal 2622023022441 1000x0 2

केही हप्ता अगाडि नागरिक उन्मुक्ती पार्टीमा प्रवेश गरेकी नायिका तथा मोडल एलिजा गौतम आज प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा आयोजित ८ दलको बैठकमा सहभागी भएकी छिन् ।

एलिजालाई नागरिक उन्मुक्ती पार्टीले अहिलेसम्म कुनै पनि पोष्ट दिइसकेको छैन । तर, उनी नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी लगायतका ८ दलीय गठबन्धनको बैठकमा सहभागी भएकी हुन् ।

एलिजाले नागरिक उन्मुक्ती पार्टीमा प्रवेश गरेसँगै उनलाई उपाध्यक्ष पद दिने चर्चा थियो । तर, अहिलेसम्म कुनै पनि पद नपाएकी एलिजा ८ दलको बैठकमा सहभागी हुनुलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ ।

राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे आवश्यक रणनीति बनाउन बसेको आठ दलको बैठकमा नायिका एलिजा गौतम पनि सहभागी भएकी हुन् । राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने आठ राजनीतिक दलका नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनका लागि बनेको आठ दलीय गठबन्धनको बैठक बोलाएका थिए । आठ दलीय गठबन्धन बनेपछि सरकारमा रहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएर बाहिरिएको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे बैठकमा छलफल भइरहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरू सहभागी छन् ।

333625787 887957055811705 4744480125327118923 n
aa 2

    सम्बन्धित समाचार...