६ जेष्ठ २०८१, आईतवार

पौडेलले भने- ओली मेरो पुरानो साथी हुनुहुन्छ, सहयोग पाउनेमा विश्वस्त छु

Ramchandra Poudel
फाइल फोटो

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने बताएका छन् ।

राष्ट्रपति पदका लागि शुक्रबार उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ नेता पौडेलले संविधानको अक्षर र भावनालाई अक्षरस पालना गर्नु आफ्नो कर्तव्य हुने बताएका हुन् ।

गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनतामा आएको सार्वभौमसत्तालाई बलियो र सुरक्षित राख्नुपर्ने अवस्था आएको भन्दै उनले त्यसनिम्ति आफ्नो भूमिका हुने बताए । उनले राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई सबल बनाउन आफ्नो सहयोग हुने बताए । त्यस्तै राष्ट्रिय एकताको लागि पनि आफ्नो भूमिका हुने उनको भनाइ छ ।

‘नेपालमा आएको परिवर्तनको रक्षा गर्दै नेपालको उन्नतिलाई अगाडि बढाउने, नेपाली जनताको उन्नति, नेपाल राष्ट्रको एकता र राष्ट्रिय अखण्डता, राष्ट्रलाई जोगाउने । राष्ट्रियतालाई सबल बनाउने काममा मेरो सहयोग हुन्छ,’ उनले भने, ‘मैले अपेक्षा गरेको हो सर्वसम्मत हुन । सम्भवत् त्यो पनि चुनावको दिनसम्म हुन्छ कि । त्यसमा म कोसिस गर्दैछु । एमाले अध्यक्ष पनि मसँग जेलमा बस्नुभएको हो धेरै समय । पुरानो साथी हो । उहाँले पनि यो राष्ट्रमा सबैको साझा पद बनाउनलाई योगदान गर्नुहोला भन्ने मैले विश्वास गरेको छु ।’

उनले राष्ट्रपति निर्वाचनको दिनसम्ममा आफू सर्वसम्मत निर्वाचित हुन कोसिस गर्ने बताए ।

    सम्बन्धित समाचार...