२० बैशाख २०८१, बिहीबार

ओली बाहिरिएपछि बालुवाटारमा चार दलको बैठक सुरु

baluwatar

राष्ट्रपतिको उम्मेदवारबारे निर्णायक छलफलका लागि चार दलको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादीको बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित चार दलका शीर्ष नेताहरु सहभागी रहेको प्रधानमन्त्रीका सचिवालय सदस्य सूर्यकिरण शर्माले जानकारी दिए ।

यसअघि बिहान बसेको चार दलको बैठकले सहमतिकै आधारमा राष्ट्रपतिको उम्मेदवार तय गर्ने निष्कर्ष निकालेको थियो ।

चार दलको अहिले सुरु भएको बैठक अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो ।

दाहाल ओलीबीचको निर्णायक भनिएको छलफलमा के भयो भन्ने जानकारी दिइएको छैन । यद्यपि, दाहालसँगको भेटपछि ओली सञ्चारकर्मीसँग नबोली बालुवाटारबाट बाहिरिएका थिए ।

    सम्बन्धित समाचार...