५ जेष्ठ २०८१, शनिबार

राष्ट्रिय समस्या समाधानका लागि दलहरुबीच सहमति जरुरी – जनार्दन शर्मा

janardan sharma
फाइल फोटो

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राष्ट्रपतिका लागि तानातान नभइ सहकार्य र सहमति हुनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रपतिका लागि नेकपा एमाले, नेपाली कांग्रेसलगायत अन्य दलहरुले सहमति गरेर अघि बढ्न आवश्यक रहेको बताए । उनले राजनीतिक खिचातानी, लडाईं लडेर नभइ अब देशको समृद्धिको बाटोमा सबै पार्टी जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

‘हामीले एजेण्डाहरुसहित राष्ट्रिय सहमति गर्ने भनेर प्रस्ताव अघि सारेका छौँ । त्यो एमालेसँग पनि छलफल हुन्छ, अरु पार्टीहरुसँग पनि छलफल हुन्छ र अहिले तानातानको अवस्था होइन, सहकार्यको अवस्था हो । सहकार्य गरेर जानुपर्छ, राष्ट्रिय सहमति गर्नुपर्छ,’ उनले भने, ‘राजनीतिक खिचातानी, लडाईं लडेर होइन, अब देशको समृद्धिको बाटोमा सबै पार्टी जिम्मेवार भएर लाग्नुपर्छ ।’

सांसद शर्माले आज साँझ बस्ने नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपालसहितका राजनीतिक दलहरुको बैठकपछि राष्ट्रपति उम्मेदवारको टुंगो लाग्ने बताए ।

    सम्बन्धित समाचार...