
फाइल फोटो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठन हुँदा पुस १० गते भएको सहमति कार्यान्वयन हुने दाबी गर्नुभएको छ ।
आफ्नो जन्मदिनका अवसरमा निजी निवास बालकोटमा आज आयोजित कार्यक्रमपछि अध्यक्ष ओलीले पुस १० कै सम्झौता अनुसार सत्ता गठबन्धन नटुट्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा गठबन्धन बाहिर गएर समर्थन गर्न नमिल्ने बताउनुभयो ।
पाँचदलीय गठबन्धन ब्युँताउन गृहकार्य सुरु भएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले काँग्रेसलाई समर्थन गर्नुभयो भने गठबन्धन के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले वर्तमान सरकार गठन हुँदा भएको सम्झौता अनुसार नै गठबन्धन कायम रहने बताउनुभयो ।