७ जेष्ठ २०८१, सोमबार

ओलीसँगको भेट माधव नेपालले स्विकारे, ४ घण्टा छलफल गरेको खुलासा

Kp oli madhav nepal
फाइल फोटो

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको खुलासा गरेका छन्।

अध्यक्ष नेपालले पार्टी सचिवालय बैठकमा एमाले अध्यक्ष ओलीसँग आइतबार राति भेटवार्ता भएको पार्टीमा ब्रिफिङ् गरेका हुन्। उनले आइतबार करिब ४ घण्टासम्म ओलीसँग छलफल भएको बताएका हुन्।

ओलीले राष्ट्रपतिमा माओवादीले राष्ट्रिय सहमति गर्ने निर्णय गरेसँगै एमालेको उम्मेद्‍वार राष्ट्रपतिमा निर्वाचित हुन नसक्ने भएको भन्दै समाजवादीका अध्यक्ष नेपाललाई अघि सारेको कुरा आइरहेको छ।

राष्ट्रपतिमा समाजवादीका अध्यक्ष नेपाललाई बनाएर एकीकृत समाजवादी पार्टीलाई एमालेमा समाहित गर्ने दुवै नेताहरुबीच आइतबार राति सहमति भएको अध्यक्ष ओली निकट स्रोतले जनाएको छ।

ओलीले समाजवादीका अध्यक्ष नेपाललाई अघि सार्दा कांग्रेसले पनि सघाउने र एमालेलाई पनि फाइदा हुने अस्त्रअघि सारेको माओवादी नेताहरुको बुझाइ रहेको छ।

    सम्बन्धित समाचार...