१४ बैशाख २०८१, शुक्रबार

भारतले नेपाललाई दियो दुई सय वटा मिर्गौला डायलासिस उपकरण

332103805 3369678270026842 7229861763424809846 n

भारत सरकारले नेपाल सरकारलाई दुई सय वटा मिर्गौला डायलासिस उपकरणसहयोग स्वरुप उपलब्ध गराएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहकाबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त उपकरण हस्तान्तरण गरेका हुन् ।

करिब एक वर्षअघि नेपाल सरकारले भारत सरकारसमक्ष ती उपकरण उपलब्ध गराउन अनुरोध गरेको थियो । समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीले उक्त उपकरण उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गरे । त्यस अवसरमा उनले २०७२ सालमा गएको विनाशकारी भूकम्प र कोभिड संकटका बेला पनि भारत सरकारले गरेको मानवीय सहयोग नेपाल राष्ट्र र नेपाली जनताले सदास्मरण गरिरहने उल्लेख गरे ।

मन्त्री गिरीले नेपाल–भारतबीचको सम्बन्ध आर्थिक तथा सामाजिक रुपले घनिष्ट रहँदै आएको ऐतिहासिक तथ्यलाई भूल्न नसकिने पनि बताए । उनले भने, ‘म यसका लागि भारतीय राजदुतावासमार्फत् भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिन चाहन्छु । कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु । स्वास्थ्य क्षेत्रमा पनि थप सहकार्य गरेर अघि बढ्ने विश्वास दिलाउन चाहन्छु।’

नेपालका लागि भारतीय राजदुत श्रीवास्तवले नेपाली जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउने गरी नेपाल सरकारलाई उक्त उपकरण हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । उनले नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकास साझेदारीको कामलाई तीव्रताका साथ अघि बढाउन भारत सरकार सदैव अग्रसर रहेको र रहिरहने प्रतिबद्धतासमेत व्यक्त गरे ।

भारतले कोभिड संकटका बेला पनि १३२ वटा हेल्थ पोष्ट निर्माणमा आर्थिक सहयोग तथा कोभिड भ्याक्सिनसहितका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो।

327096664 719169136338647 907914869770207586 n
326852703 758315072399040 8325550235381578498 n
327073851 753334449337828 8117941727707970843 n
332103805 3369678270026842 7229861763424809846 n

    सम्बन्धित समाचार...