२० बैशाख २०८२, शनिबार

भारतीय सेनाका ५ महारथी नेपाल आउँदै

COVER INDIAN ARMYCHIEF 4LdVUOj2Ba e1676460031652

भारतीय सेनाका ५ महारथीहरु नेपाल आउने भएका छन्। नेपाली सेना दिवसको अवसर पार्दै उनीहरु नेपाल आउन लागेका हुन्।

नेपाल आउनेमा भारतीय सेनाका अवकाशप्राप्त सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथीहरू विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, दलवीर सिंह र मनोजमुकुन्द नरवणे रहेका छन्।

उनीहरु नेपाली सेनाको निम्तोमा नेपाल आउनेतय भएको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाले महाशिवरात्रीको दिनलाई आफ्नो स्थापना दिवसकारुपमा मनाउँदै आइरहेको छ।

    सम्बन्धित समाचार...