१८ बैशाख २०८१, मंगलवार

देबेशको ‘भ्यालेन्टाइन डे’ बिशेष ‘नौलो खुसी’

325993993 450537010534254 1578993868437951665 n

प्रणय दिवस, ‘भ्यालेन्टाइन डे’ नजिकिदै गर्दा प्रेमिल गीतहरु पनि सार्वजनिक हुने क्रम बढ्दो छ । यस्तैमा गायक, संगीतकार तथा एरेञ्जर देबेश राईको ‘नौलो खुसी’ बोलको गीत सार्वजनिक भएको छ । कवि तथा गीतकार प्रकाश आङ्देम्बेको शब्द रहेको गीतमा देबेशको संगीत, स्वर तथा एरेञ्ज रहेको छ । यो गीत देबेश ससिका युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गायिका ससिका राईको निर्देशन रहेको म्युजिक भिडियोपनि तारिफ योग्य बनेको छ । गीतकार प्रकाशको प्रेमिल शब्द अनुसारको म्युजिक भिडियो बनेको छ । यस म्युजिक भिडियोमा देबेश र आईशा कार्कीको अभिनय रहेको छ । म्युजिक भिडियोमा ससिकाले देबेश र आईशाको जोडीलाई जमाउन सफल भएकी छिन् । यस म्युजिक भिडियोमा इशक जबेगुको छायांकन तथा सम्पादन रहेको छ ।

    सम्बन्धित समाचार...