६ जेष्ठ २०८१, आईतवार

रावलले बुझाए राजीनामा

rajendrasing rawal

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजीनामा दिएका छन् । विश्वासको मत नपाएपछि उनले बिहीबार साँझ प्रदेश प्रमुख देवराज जोशीलाई राजीनामा बुझाएका हुन् ।

गत पुस २७ मा नेकपा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्रीमा नियुक्त भए पनि विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका हुन् । उनी माओवादी, एमालेसहित तीन दलको समर्थनमा नियुक्त मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनले विश्वासको मत प्राप्त गर्न नसकेसँगै नेपाली कांग्रेसले ठूलो दलको हैसियतमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने भएको छ । यसँगै प्रदेश प्रमुख जोशी संविधानको धारा १६८ (२) अनुसार प्रदेशको ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता कमलबहादुर शाहलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारीमा छन् ।

शाहले पनि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । ५३ सदस्यीय सुदूरपश्चिममा कांग्रेसको १९, नेकपा एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र १र१ सांसद छन् ।

    सम्बन्धित समाचार...