६ जेष्ठ २०८१, आईतवार

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित, सिंहदरबारमा दाहाल-ओली छलफल जारी

325647805 1666744900413482 7258329524090886002 n.jpg

आज बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको राजनीतिक संयन्त्रको बैठक स्थगित भएको हो ।

बरु सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भने पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच छलफल भने जारी छ ।

सरकारलाई सघाउन भन्दै एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो । प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष ओलीबीच राष्ट्रपतिको निर्वाचन र उम्मेदवार चयन प्रक्रियामा अविश्वास बढ्दै जाँदा आज संयन्त्रको बैठक बोलाइएको थियो ।

बैठकमा फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार छाडेपछि रिक्त मन्त्रालयबारे छलफल हुने तय थियो ।

दाहाल-ओलीबीच बुधबार भएको छलफलमा आज (बिहीबार) संयन्त्रको बैठक बस्ने सहमति भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको हो ।

यसअघि गठबन्धन सम्बद्ध अन्य दलले संयन्त्रको बैठक राख्न आग्रह गरे पनि प्रधानमन्त्री दाहालले इच्छा देखाएका थिएनन् ।

    सम्बन्धित समाचार...