१५ बैशाख २०८१, शनिबार

पाँच प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

weather aajko mausam

अहिले बिहान प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। तराईका भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो आंशिक बदली भइ प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

भोलि (शुक्रबार) कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपात हुनेछ । राति

शनिबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

    सम्बन्धित समाचार...