३१ बैशाख २०८१, सोमबार

कुनै पनि नेपाली खेलाडी परेनन् वुमन्स प्रिमियर लिगको अक्सनमा

WPL 5 nepali cricketer

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले पहिलो पटक आयोजना गरेकाे वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को अक्सनमा कुनै पनि नेपाली खेलाडी परेनन् ।

नेपालका पाँच खेलाडीले आफ्नो नाम दर्ता गराएपनि सर्टलिष्टमा कुनै नेपाली खेलाडी नपरेका हुन । सो अक्सनका लागि पाँच नेपाली खेलाडी कप्तान रुविना क्षेत्री बेलबासे, अलराउन्डर सीता रानामगर, तीव्र गतिकी बलर कविता कुँवर, अश्मिना कर्माचार्य र ब्याटर इन्दु बर्माले नाम दर्ता गराएपनि सर्टलिष्टमा पर्न नसकेका हुन ।

बिसिसिआईले १ हजार ५ सय २५ खेलाडीले अक्सनको लागि नाम दर्ता गराएका पनि सर्ट लिष्टमा भने ४ सय ९ खेलाडी मात्र परेको जनाएको छ ।

    सम्बन्धित समाचार...