१६ बैशाख २०८१, आईतवार

गाउँका सिंहदरबारमा विकृतिका चाङ

sthaniya taha

स्थानीय तहमा फरकफरक प्रकृतिका भ्रष्टाचार हुने गरेको पाइएको छ । गाउँको सिंहदरबारका रूपमा रहेका स्थानीय तहमा अत्यधिक भ्रष्टाचार हुने गरेको पाइएको हो ।

अहिले पनि अख्तियारले दायर गर्ने भ्रष्टाचार मुद्दामा स्थानीय तहका पूर्वप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारी धमाधम मुछिन थालेका छन् । मुद्दा पर्नेक्रम जारी छ । अख्तियारले गरेको अनुसन्धानमा सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा देखिएको हो ।

स्थानीय तहको स्वीकृत पुँजीगत खर्चबाट गरिने विकास निर्माणअन्तर्गत खरिद योजनादेखि निर्माण सम्पन्न प्रतिवेदन तयारी र भुक्तानी प्रक्रियासम्म स्वार्थको द्वन्द्व देखिने तथा राजनीतिक तहबाटै अनियमितता हुने गरेको अख्तियारको ठहर छ ।

अख्तियारका अनुसार राजनीतिक राजनीतिक तथा प्रशासनिक पहुँच भएकाहरूले आआफ्ना योजना छनोट गर्ने, उपभोक्ता समितिमा समेत तिनै व्यक्तिहरू रहने साथै राजनीतिक उद्देश्यले गठित संस्थामा समेत बजेट विनियोजन गर्ने गरेको पाइएको छ ।

तोकिएको कामै नगरी नक्कली भरपाइ र किर्ते कागज बनाई सरकारी रकम भुक्तानी लिने प्रवृत्ति पनि अत्यधिक रहेको अख्तियारको अनुसन्धानले देखाएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित समाचार...