१७ बैशाख २०८१, सोमबार

काठमाडौंसँगको दूरी छोट्याउँदै वासिंगटन, सातैपिच्छे नेपाल भ्रमण

Samantha Power

दुई महिना पुग्दै गरेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग वासिंगटनले ‘बलियो सम्बन्ध’ बनाउन खोजेको संकेत गरेको छ ।

अमेरिकी राजनीतिक मामिलाका उपविदेशमन्त्री भिक्टोरियो नुल्यान्डको भ्रमण भएको एक सातापछि नै अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रशासक सामन्था पावरले पनि नेपाल भ्रमण गरेबाट यो संकेत मिलेको हो ।

नेपालमा कम्युनिस्ट सरकार बन्नेबित्तिकै चीन समर्थक र कांग्रेस सरकार बन्नेबित्तिकै भारत समर्थकको ‘बिल्ला’ भिराउने परम्परागत विचार अन्त्य गर्नुपर्ने र छिमेकी मित्रराष्ट्रसँग निःस्वार्थ सम्बन्ध स्थापित गर्दै आएको संकेत दिन यी भ्रमण सफल हुने नेपाली अधिकारीको विश्वास छ ।

सामन्थाको भ्रमणपछि अर्को अमेरिकी उच्चपदस्थ अधिकारीले फेब्रुअरी मध्यतिर नेपाल भ्रमण गर्ने कार्यक्रम छ । यसबाट वासिंगटनले काठमाडौंसँगको दूरीलाई नजिक बनाउन चाहेको स्पष्ट देखिन्छ ।

नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सलगायत दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो ९एससीए०का उपसहायक सचिव अफ्रिन अख्तरका साथै सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिला कार्यालयबाट फेब्रुअरी मध्यमा नेपाल भ्रमण तयारी भइरहेको स्रोत बताउ“छ ।

ठूला शक्तिको आफ्नै भू–रणनीतिक महत्वाकांक्षा हुनु स्वाभाविक हो । अमेरिकाले चीनलाई सैन्य रूपमा नियन्त्रण गर्न आफ्नो ‘इन्डो प्यासिफिक रणनीति’ ल्याएको छ भने चीनले यसलाई सन्तुलनमा राख्न ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ’लाई जोड दिएको छ ।

एक उच्च नेपाली अधिकारी अमेरिका–चीन ‘भू–राजनीतिक प्रतिस्पर्धाबाट नेपाल कति पनि अलमलमा पर्न नहुने र आफ्नो स्वतन्त्र विदेश नीति अवलम्बन गर्नुपर्नेमा जोड दिन्छन् ।

नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् १९४८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । जसका कारण नेपालले अमेरिकालाई टाढाको छिमेकीका रूपमा हेर्दै आएको छ । सामन्थाको पछिल्लो नेपाल भ्रमण सन् २००२ पछिको उच्चस्तरको हो । राजधानी दैनिकबाट

    सम्बन्धित समाचार...