२९ बैशाख २०८१, शनिबार

काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता

328463510 961944581853933 5174681980730509150 n.jpg

काठमाडौं महानगरपालिकाको मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्ने विषयमा सम्झौता भएको छ ।महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सडकमा आधुनिक बत्ती जडान गर्ने विषयमा सम्झौता भएको हो ।

यसअघि महानगरपालिका, प्राधिकरण र सडक विभागबीच भएको सहमतिका आधारमा महानगर र प्राधिकरणबीच सम्झौता भएको हो ।

बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ । यसको ६० प्रतिशत रकम काठमाडौँ महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने गरी सम्झौता भएको हो ।

    सम्बन्धित समाचार...