६ बैशाख २०८१, बिहीबार

कुनै निर्णय नभई सकियो रास्वपाको आकस्मिक बैठक

rasopa

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आइतबार पुन: बस्ने गरी सकिएको छ ।

सरकारमा रहने वा छाड्ने विषयमा निर्णय लिन शनिबार राति ८:३० बजे बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक निष्कर्षबिना नै सकिएको हो ।

रास्वपाको बिहीबार बसेको बैठकले पार्टीको मागबारे निर्णय गर्न प्रधानमन्त्रीलाई दुई दिनको समय दिएको थियो । शनिबार उक्त समय सकिएपछि रास्वपाले सरकारमा रहने वा छाड्ने निर्णय गर्ने अपेक्षा गरिएको थियो ।

बैठकमा गृह मन्त्रालय मात्र नभई राष्ट्रपति निर्वाचनदेखि उपनिर्वाचनसम्मका कुरा भए तर निर्णय भने भएन ।

प्रधानमन्त्री दाहालले रास्वपालाई गृह मन्त्रालयको सट्टामा भौतिक पूर्वाधार मन्त्रालय दिने प्रस्ताव गरेपछि उक्त विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको संयुक्त बैठक बसेको हो ।

आकस्मिक रुपमा बोलाएको बैठकमा कतिपय नेता सहभागी नभएको र भएकाहरुको पनि बोल्ने क्रम नसकिएकाले भोलि (आइतबार) बिहान ११:३० बजे पुनः बोलाइएको छ ।

    सम्बन्धित समाचार...