२४ बैशाख २०८१, सोमबार

अल्टिमेटम सुनुवाइ नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो आकस्मिक बैठक

rasopa

रास्वपाका सभापति रवि लामिछानेले सरकारबाट फिर्ता लिने निर्णय लिनको लागि पार्टीको आकस्मिक बैठक बोलाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको दुई दिनको अल्टिमेटम सकिएपनि मागबारे कुनै सुनुवाई नभएको भन्दै लामिछानेले सरकारबाट फिर्ता हुने निर्णय लिन पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका हुन् ।

रास्वपाले गृहमन्त्रालयमा दाबी गरिरहेको छ । तर, प्रधानमन्त्री दाहालले कुनैपनि हालतमा उक्त मन्त्रालय नदिने अडान लिएका छन् । दाहालले रविको माग सुनुवाईबारे कुनै चासो नदेखाएको भन्दै सो दलका नेताहरु रुष्ट छन् ।

    सम्बन्धित समाचार...