२२ बैशाख २०८१, शनिबार

मलेसियाका गृहमन्त्रीले भने- कामदारअनुकूलको नीति निर्माण गरिरहेका छौं ।

Malesiya home minister

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनबीच वार्ता भएको छ । काठमाडौंस्थित एक होटेलमा शुक्रबार दुई देशका मन्त्रीबीच भएको भेटका क्रममा दुई सरकारबीचको सम्बन्ध थप मजबुत बनाउनेबारे छलफल भएको हो ।

बैठकपछि श्रममन्त्री अर्यालले मलेसिया सरकारसँग नेपाल सरकारको श्रम सम्झौतालाई नवीकरण गर्ने बेला भएको र नवीकरण गर्दा नेपाली श्रमिकलाई पनि मलेसियाका श्रमिकसरहको सेवा सुविधा दिने कुरामा छलफल भएको जानकारी दिए । नेपालबाट पनि कामदारलाई मलेसिया पठाउँदा सीप सिकाएर पठाउने विषयमा छलफल भएको अर्यालले जनाकारी दिए ।

‘मलेसियासँगको सम्बन्ध हामी अझै अगाडि बढाएर जानेछौं । श्रम सम्झौतासम्बन्धी नवीकरण गर्ने बेला भएको छ । हामीले त्यसलाई अत्यन्त सूक्ष्म तरिकाले अध्ययन गरेर आवश्यकताअनुसारको सुधार गर्नेछौं,’ उनले भने, ‘नेपाली कामदारलाई मलेसियाका कामदारसरह नै सेवा-सुविधा दिने कुरामा छलफल भएको छ । हामीले पठाउँदा पनि कामदारलाई स्किल सिकाएर पठाउने कुरा भएको छ ।’

त्यस्तै मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले नेपालबाट दुई लाख ८५ हजार ७६८ जना श्रमिक मलेसिया गएको र सो मध्येबाट एक लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा आबद्ध रहेको जानकारी दिए । त्यस्तै ७० हजार कर्मचारी सेक्युरिटी गार्डमा कार्यरत रहेको उनको भनाइ छ । ‘नेपालबाट दुई लाख ८५ हजार ७६८ श्रमिक मलेसिया गएका छन् । जसमध्ये एक लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा छन् भने ७० हजार कर्मचारी सेक्युरिटी गार्डमा कार्यरत छन्,’ उनले भने ।

गृहमन्त्री सैफुदिन उनले मलेसिया सरकारले नयाँ श्रम नीति बनाउन लागेको उल्लेख गर्दै कामदारअनुकूलको नीति निर्माण गरिरहेको र त्यसबारे पनि बैठकमा छलफल भएको जनाए । उनले कामदारहरुका लागि ज्याला बढाउने नीति बनाएको पनि जानकारी दिए । ‘मलेसियाले नयाँ श्रम नीति बनाउँदै छ । हामीले आजको बैठकमा मलेसियामा लागु हुन लागेको नयाँ श्रम नीतिबारे छलफल गरेका छौं,’ उनले भने, ‘हामीले कामदारअनुकूलको नीति निर्माण गरिरहेका छौं । कामदारहरुका लागि ज्याला बढाउने काम नीति हामीले अघि बढाइरहेका छौं । मलेसियामा भइरहेका नेपालीहरुका लागि हामी रि क्यालिब्रेसन प्लान अघि सारेका छौं ।’

तीनदिने नेपाल भ्रमणका क्रममा बिहीबार साँझ आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम तय छ ।

    सम्बन्धित समाचार...