२४ बैशाख २०८१, सोमबार

रामहरि खतिवडाको ओली लाई प्रश्न – ‘हिजो कांग्रेसलाई अब शिला खोज्नुपर्छ भन्ने, अहिले कहाँ पुग्नुभयो ?’

ramhari khatiwada

नेपाली कांग्रेसका नेता तथा सांसद रामहरि खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो आवाज ठूलो बनाउन थालेको टिप्पणी गरेका छन् । विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस राज्यमन्त्री पाएपनि सरकारमा आउँछ भनेर दिएको अभिव्यक्तिलाई लिएर खतिवडाले यस्तो बताएका हुन् ।

उनले भने,‘सबै कुराको प्रतिक्रिया दिरहनुपर्दैन् । उहाँको हैसियत हामीलाई थाहा छ । हिजो उहाँले के भन्नुभएको थियो, अहिले टालाटुली बटुली गरेर बस्नुभएको छ, ३२ सिट भएको माओवादीलाई प्रधानमन्त्री दिनुभएको छ, राप्रपालगायत अरुसँग भिख माग्दै हिँड्नुभएको छ ।’

खतिवडाले एमाले अध्यक्ष ओलीलाई कांग्रेसको बारेमा जथाभावी बोल्दै नहिँड्न पनि आग्रह गरे । उनले भने,‘हिजो उहाँ नै होईन, कांग्रेसलाई अब शिला खोज्नुपर्छ भन्ने । अहिले उहाँ कहाँ पुग्नुभयो ? कसलाई सिला खोज्दै हिँड्नुभएको छ । उहाँको आवाज ठूला हुन थाले । सबैलाई होच्याउँदा उहाँ आफू कति ठूलो हुनुभयो, नेपालमा झापामा नै सबैभन्दा होचो ठाउँ छ, उहाँका पनि त्यही मानिसकताको उपज नहोस ।