६ जेष्ठ २०८१, आईतवार

जरिवाना तिर्न नसक्दा देश वर्षदेखि सात नेपाली भारतीय जेलमा

bar jail

भारतको बहराइच कारागारमा ५१ जना नेपालीले कैद सजाय काटिरहेको खुलेको छ । अधिकांशमाथि लागुऔषध ओसारपसारको अभियोग छ । तीमध्ये सात जनालाई जनही १ लाख रुपैयाँ जरिवाना गराएर रिहा गर्न उच्च अदालत लखनउले आदेश दिए पनि जरिवाना तिर्ने रकम नहुँदा उनीहरु दश वर्षदेखि कारागारमै छन्।

बर्दिया बढैयाताल गाउँपालिका-६ का विकास थारु गत वर्ष नेपाल-भारत सीमाबाट पक्राउ परे । उनीमाथि लागुऔषध बोकेको आरोप लगाउँदै भारतीय सुरक्षाकर्मीले बहराइच कारागार चलान गरे। थारुका छोरा दुई पटक भारतीय कारागारमा भेट्न गए। तर प्रशासनले भेट्न दिएन ।

बर्दियाको गुलरिया नगरपालिका-१ कमलपुरका उदयलाल देवकोटा पनि लागुऔषध मुद्दामा एक वर्षअघिदेखि बहराइच कारागारमा छन् । तर उनको घरपरिवारलाई यो कुरा थाहा थिएन । छोराको खोजी गरिदिन आग्रह गर्दै आमा देवीसराले बाँके बर्दियाका प्रहरी प्रशासन गुहारिन् । कान्तिपुर संवाददाताले उनी बहराइच जेलमा भएको जानकारी दिएपछि बिलौना गरिन् ।

भारतीय कारागारमा बर्दियाका मात्रै सातजना बन्दी छन् । त्यस्तै रुकुम, जाजरकोट, बाँकेलगायतका जिल्लाका गरी ५१ जना नेपाली कैदमा छन् । अधिकांशका परिवारलाई उनीहरु भारतीय कारागारमा बन्दी जीवन बिताइरहका छन् भन्ने थाहा छैन ।

नेपाल सरकारसँग भारतीय कारागारमा कतिजना नेपाली छन् भन्ने आधिकारिक जानकारी छैन । सामान्य जरिवाना रकम जोहो गर्न नसक्दासमेत उनीहरु वर्षौदेखि बन्दी जीवन बिताइरहेका छन् ।

यसरी कारागारमा परेका नेपालीको अपराधको प्रकृति कस्तो हो, छुट्न सक्ने/नसक्ने अवस्था के हो भनी जानकारी राख्ने र उनीहरुका परिवारलाई वास्तविक अवस्थाको जानकारी दिने जिम्मेवारी नेपाल सरकारको भएकाले यसतर्फ गम्भीर हुन जरुरी देखिन्छ ।

    सम्बन्धित समाचार...