२४ बैशाख २०८१, सोमबार

नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दिने

Ramesh Lekhak
फाइल फोटो

नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ ।

बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेसको केन्द्रीय संसदीय कार्यसमितिको बैठकले दलको तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय सभामा रहेका अन्य दलहरुसँग समन्वय तथा परामर्श गर्ने जिम्मेवारी पार्टी सभापति देउवालाई दिएको छ ।

प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभाको उपाध्यक्षमा पार्टीको तर्फबाट उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए । कांग्रेसले उठाउने उम्मेदवारलाई विजयी गराउन अन्य दलहरुसँगको छलफललाई अगाडि बढाउने विषयमा बैठकमा छलफल भएको उनले बताए ।

उपाध्यक्ष चयनका लागि राष्ट्रिय सभाले माघ २३ गते निर्वाचन गर्ने कार्यतालिका तोकेको छ भने माघ २२ गते उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।

गत वर्षको फागुन २१ गते राष्ट्रिय सभाको उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएपछि हाल उक्त पद रिक्त रहेको छ ।

यस्तै, कांग्रेसले माघ २६ गते संसदीय दलको बैठक बोलाएको छ । 

    सम्बन्धित समाचार...