२२ बैशाख २०८१, शनिबार

डिजेल र पेट्रोलको बढेर आयो भारतबाट, ग्यास सिलिन्डरमा ७५ रुपैयाँ घट्यो

Petrol prices in nepal

भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगम (एनओसी) लाई नयाँ मूल्यसूची पठाएको छ । निगमका सहायक प्रवक्ता पुष्कर कार्कीले आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार निगमलाई अझै ९ करोड ४१ लाख रुपैयाँ नोक्सान हुने जानकारी दिए ।

उनका अनुसार इन्धनको मूल्य समायोजन नगरे आगामी १५ दिनमा निगमलाई घाटा हुने जानकारी दिए । आईओसीबाट आएको नयाँ मूल्यसूचीअनुसार डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ९८ पैसा बढेको छ । यस्तै पेट्रोलमा ८ रुपैयाँ १ पैसा, मट्टितेलमा ४ रुपैयाँ ६१ पैसा र हवाई इन्धनमा ७ रुपैयाँ ८० पैसा बढेर आएको छ ।

सहायक प्रवक्ता कार्कीका अनुसार ग्यास प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको छ ।

एनओसीले आईओसीलाई बुझाउनुपर्ने करिब ११ अर्ब रुपैयाँ बक्यौता छ । अन्तर्राष्ट्रिय बजारमा विगत एक महिनामा कच्चा तेलको भाउ प्रतिब्यारेल करिब आठ अमेरिकी डलरले बढेको छ ।

    सम्बन्धित समाचार...