
हाल प्रदेश – १ को साथै देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ।
बिहान तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।
आज पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ भने देशका हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
भोलि (बुधबार) दिउँसो प्रदेश -१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही ती प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै पर्सि (बिहीबार) दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने छ ।
राति भने प्रदेश – १, मधेस, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ।