fbpx
८ बैशाख २०७८, बुधबार

बिदामा पनि बैंक खोल्न नेपाल राष्ट्र बैङ्कको निर्देशन

देब कुमार ढकालद्वारा हस्ताक्षरित विज्ञप्तीमा नेपाल राष्ट्र बैङ्कले सबै वर्गका बैङ्कलाई शनिबार लगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ ।

करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैङकहरूका सम्पूर्ण राजस्व सङ्कलन गर्ने शाखाकाउन्टर एवं बैङ्कका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउससमेत पूर्णकालीन रूपमा खोल्न निर्देशन जारी गरेको छ ।

सार्वजनिक बिदामा पनि करिब चारदेखि पाँच हजार चेक क्लियरिङ हुँदै आएको र दैनिक रूपमा यो बढ्दो क्रममा रहेको राष्ट्र बैङ्कले जनाएको छ । यसबाट सरकारी भुक्तानी, कर तथा राजस्व सङ्कलन र सामान्य व्यक्तिलाई पनि निकै सहज हुन थालेको राष्ट्र बैङ्कको जनाएको छ ।