१९ बैशाख २०८१, बुधबार

संघीय लोकतान्त्रिक गणतन्त्र सहिदहरुको त्याग र बलिदानबाटै सम्भव भएको हो : प्रधानमन्त्री दाहाल

326418519 1575347012942501 7482657165517204807 n.jpg

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र सहिदहरुको त्याग र बलिदानबाटै सम्भव रहेको बताएका छन् ।

सोमबार सहिद दिवसको अवसरमा लेनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उनले सहिदहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले देश र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने सहिदहरु अमर र अजर रहने उल्लेख गरे । उनले राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुनको लागि सहिदहरु प्रेरणाको स्रोत भएको बताए । माघ १६ गतेलाई फगत स्मरण र औपचारिक समारोहमा मात्रै सीमित नभइ सहिदहरुको सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगतिका लागि सबै एक हुनुपर्ने प्रधानमन्त्री दाहालको जोड छ । आजको दिन सहिदहरुको सम्मान गर्न सबैले देश विकासका लागि संकल्प गर्नुपर्ने उनको भनाइ छ ।

‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रको जुन रुपमा अभ्यास गरिरहेका छौँ । यसको पछाडि महान सहिदहरुको त्याग र बलिदान नै प्रमुख रहेको छ । देश र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने सहिदहरु अमर हुन्, अजर हुन्छन् । उनीहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहेका हुन्छन् । अघि बढ्न, प्रगतिको लागि, राष्ट्र र जनताको सेवामा समर्पित हुन एउटा प्रेरणाको स्रोतको रुपमा भूमिका खेलिरहेका हुन्छौँ,‘ उनले भने, ‘माघ १६ लाई हामीले त्यसै रुपमा स्मरण गर्ने गर्छौं । स्मरणको अर्थ फगत एउटा औपचारिक समारोहमा मात्रै छैन, महान सहिदहरुका सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगति सबैको निम्ति समर्पित भएर काम गर्ने संकल्प लिने दिन पनि हो । म यही संकल्पको निम्ति सबैसँग अपिल गर्दछु ।’

प्रधानमन्त्री दाहालले सहिदहरुको शालिकमा माल्यार्पणसमेत गरे ।

326400250 494883642801996 8879347548138846842 n.jpg

    सम्बन्धित समाचार...