२५ बैशाख २०८१, मंगलवार

भूकम्प आउँदै छ भन्ने हल्ला फैलिएपछि बाजुरा, मुगु र जुम्लाका बासिन्दा रातभर घर बाहिरै

Halla

भूकम्प आउँदै छ भन्ने हल्ला फैलिएपछि बाजुरा, मुगु र जुम्लाका बासिन्दा रातभर घर बाहिरै बसेका छन् ।

सामाजिक सञ्जालमा भूकम्प आउँदै छ भन्ने हल्लापछि उनीहरु चिसो रातमा पनि घर बाहिर बसेका हुन् । महिला, बालबालिका तथा वृद्धवृद्धा बढी त्रसित भएका छन् ।

हल्लासँगै कतिपयले सामाजिक सञ्जालमा सकारात्मक सन्देश पनि दिएका छन् । भूकम्पबारे पूर्वानुमान गर्न नसकिने भन्दै त्रसित नहुन उनीहरुले आग्रह गरेका छन् ।

स्थानीय प्रशासन तथा प्रहरीमा समेत भूकम्प आउँदैछ भन्नेबारे टेलिफोन गरेर स्थानीयले सोधेर हैरान बनाएका छन् । हल्लापछि मानिसहरु त्रसित भएकाले प्रहरीले भ्रामक सूचना फैलाउने व्यक्तिको खोजी सुरु गरेको छ ।

भूगर्वविदहरुले भूकम्पको पूर्वानुमान गर्न नसकिने भएकाले यस्तो हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

    सम्बन्धित समाचार...