
नेपाली बजारमा आज सुनको मूल्य दुई सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन दुई सयले बढेर प्रतितोला एक लाख छ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार तोलाको एक लाख पाँच हजार आठ सय रुपैयाँमा किनबेच भएको थियो । त्यसको अघिल्लो दिन सुनको मूल्यले हालसम्मकै उच्च भएर नयाँ कीर्तिमान कायम गरेको थियो ।
बिहीबार सुनको मूल्य तोलाको एक लाख छ हजार नौ सय रुपैयाँ पुगेको थियो ।
यस्तै आज तेजाबी सुन तोलाको एक लाख पाँच हजार पाँच सयमा किनेबेच भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । गत शुक्रबार प्रतितोला एक हजार ३८० रुपैयाँ रहेको चाँदी आज १५ रुपैयाँ घटेर एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।