१७ बैशाख २०८१, सोमबार

राजनीतिक यात्रा ओरालो लागेसँगै एकीकरणको कसरतमा दलहरु

prachanda madhav upendra

२०७९ सालको संसदीय चुनावमा कमजोर बनेका राजनीतिक दलहरु जसपा र एकीकृत समाजवादी एकीकरण तथा मोर्चाबन्दीको कसरतमा लागेका छन् ।

निर्वाचनबाट राष्ट्रिय दल बन्न नसकेको एकीकृत समाजवादी र चुनावबाट शक्ति खुम्चिएको जसपावीचको एकता तथा एकीकरणमा संसद्‌को तेस्रो दल अर्थात् सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रलाई समेत समेट्न प्रयासमा यी दुई दल एक ठाउँमा छ । माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबीचको एकताका लागि चुनौती र सम्भावना के कस्ता छन् त ?

एमालेबाट अलग भएको एकीकृत समाजवादी तथा निर्वाचनबाट कमजोर बनेको जसपा यतिखेर एकीकरणको प्रक्रियामा आन्तरिक छलफलमा जुटेका छन् । दुवै दलको शक्ति चुनावपछि कमजोर देखिएपछि जसपा र समाजवादी एकठाँउमा उभिने अवस्थाको खोजीमा छ । दुवै दल एकता हुँदा संसदमा चौथो ठूलो दल हुने र राजनीतिक शक्ति सञ्चयका साथै अन्य दलसँग शक्ति बाँडफाँडका लागि बल पुग्ने भन्दै जसपा र समाजवादी एकठाँउमा उभिन लागेको उनीहरुको देखाएको घटनाक्रमले पुष्टि गर्छ । चुनावबाट तेस्रो दल बने पनि लगातर ओरालो यात्रामा माओवादी केन्द्र छ ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा सबभन्दा ठूलो दल बनेको माओवादीको त्यसयताको राजनीतिक यात्रा ओरालो लागेसँगै उसलाई एकीकरण र मोर्चाबन्दीको आवश्यकता परेको छ ।

    सम्बन्धित समाचार...