१५ चैत्र २०८०, बिहीबार

यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम

world

आज सन् २०२३ को २४ जनवरी । प्रस्तुत छ विश्व इतिहासमा आज भएका घटनाक्रम

सन् १९६५ को जनवरी २४ मा बेलायतका तत्कालीन प्रधानमन्त्री विन्स्टन चर्चिलको मृत्यु  भएको थियो । सन् १८७४ को नोभेम्बर ३० मा जन्मिएका चर्चिलको मृत्यु ९० वर्षको उमेरमा लन्डनमा भएको थियो ।

सन् १९९० मा जापानले पहिलो पटक अन्तरिक्षमा गहिरो अनुसन्धान गरेको थियो ।  सन् १९७६ मा सोभियत युनियनले अन्तरिक्षमा पठाएको लुना २४ पछि जापानको पहिलो गहिरो रोबोटिक अनुसन्धान थियो ।

सन् १९४६ मा राष्ट्रसंघको महासभाले पहिलो संकल्प प्रस्ताव पारित गरेको थियो । राष्ट्रसंघीय आणविक उर्जा आयोग (यूएनएइसी) स्थापनाबारे राष्ट्रसंघको पहिलो संकल्प प्रस्ताव आएको हो ।

सन् २००४ मा नासाको ६ पाङ्ग्रे रोभर मंगल ग्रहमा उत्रिएको थियो । रोभरले मंगलको चट्टान तथा माटोबारेमा अनुसन्धान गरेर त्यसको तस्विर पृथ्वीमा पठाएको थियो ।

    सम्बन्धित समाचार...