१२ बैशाख २०८१, बुधबार

चार प्रदेशका पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात

weather aajko mausam

चार प्रदेशका पहाडी भू-भागमा आज मेघगर्जनसहित वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम बदली भइ आज दिउँसो र राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थौरै भू-भागमा मेघ गर्जनसहित वर्षा हुनेछ । यस्तै ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

यस्त भोलि (बुधवार) दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनेछ ।

बुधबार रातिदेखि भने प्रदेश १, मधेस, वाग्मती र गण्डकी प्रदेशमा मौसम बदली रहने छ भने देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ।

    सम्बन्धित समाचार...