१६ बैशाख २०८१, आईतवार

पेड्रो सान्चेजको वामपन्थी सरकारविरुद्ध वृहत प्रदर्शन

2023 01 21T144631Z 1 LYNXMPEJ0K05F RTROPTP 3 SPAIN POLITICS PROTEST

स्पेनको राजधानी म्याड्रिडमा शनिबार प्रधानमन्त्री पेड्रो सान्चेजको वामपन्थी सरकारविरुद्ध वृहत प्रदर्शन भएको छ । चरम दक्षिणपन्थी पार्टी भोक्सले समर्थन गरेको प्रदर्शनमा हजारौं मानिस भेला भएका थिए। चुनाव हुन लागेको वर्षमा सरकार विरोधी प्रदर्शन चर्किएको हो ।

प्रदर्शनकारीहरूले पहेँलो र रातो स्पेनी झण्डा फहराउँदै प्रधानमन्त्री सान्चेजलाई राजीनामा दिन माग गरेका थिए। कतिपयले समाजवादी प्रधानमन्त्रीको तस्बिरसहित उनलाई ‘देशद्रोही’ भनेका थिए । ¥यालीका लागि म्याड्रिडको सिबेलेस स्क्वायरमा करिब ३० हजार मानिस भेला भएको केन्द्रीय सरकारको प्रतिनिधिमण्डलले जनाएको छ ।

आयोजकहरूले प्रदर्शनमा करिब ७ लाख मानिसहरूले भाग लिएको दाबी गरेका छन्। देशको प्रमुख विपक्षी कन्जरभेटिभ पार्टी भोक्स र पपुलर पार्टी (पीपी) लगायत कन्जरभेटिभ पार्टी समर्थकहरु प्रदर्शनमा भेला भएका थिए ।

    सम्बन्धित समाचार...