१४ बैशाख २०८१, शुक्रबार

ब्राजिलका राष्ट्रपति लुलाले गरे सेना प्रमुखलाई बर्खास्त

R 1674361672

ब्राजिलका राष्ट्रपति लुला इनासियो दा सिल्भाले सेना प्रमुख जुलियो सेजार दे आरुदालाई बर्खास्त गरेका छन् ।

दुई हप्ता पहिले सरकारी भवनमा हजारौंको संख्यामा दक्षिणपन्थी प्रदर्शनकारीहरुले गरेको तोडफोड रोक्न सुरक्षा सयंन्त्र चुकेको उनको भनाइ छ।

लुलाले सैन्य बल प्रदर्शनकारीहरुको पक्षमा रहेको आशंका गरेका छन् भने दर्जनौं सैनिक अधिकृतहरुलाई बर्खास्त गरेका छन् ।

राजप्रसाद, कंग्रेस र सर्वोच्च अदालतका भवनहरुमा क्षति पुगेको र त्यस बखत दुई हजार व्यक्तिलाई हिरासतमा लिएको थियो । सर्वोच्च अदालतले यसबारे छानबिन गर्ने र पूर्व राष्ट्रपति जयर बोल्सोनारोलाई दंगा उक्साएकोमा अनुसन्धान गर्ने भनिएको छ ।

    सम्बन्धित समाचार...