१६ बैशाख २०८१, आईतवार

सरकारमा जसपा चाँडै आउँछ : भट्टराई

yogesh bhattarai

नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) चाँडै सरकारमा आउने दाबी गरेका छन् ।

प्रतिनिधिसभा भवनबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सचिव भट्टराईले जसपाका लागि मन्त्रालय छुट्याएर राखिएकाले चाँडै सरकारमा आउने जनाए । जसपाका सम्बोधन गर्नुपर्ने केही माग छ त्यसलाई शीर्ष नेताहरुले बसेर मिलाउने उनको भनाइ छ ।

उनले वर्तमान गठबन्धन नेपाली कांग्रेस असफल भएपछि एमालले नेतृत्व गरेर नयाँ समीकरण बनेको जनाए ।

    सम्बन्धित समाचार...