१६ बैशाख २०८१, आईतवार

हत्या अभियोगमा एकजना पक्राउ

hatya muder

धरान उपमहानगरपालिका-५ आपटारका ३५ वर्षीय विकास भन्ने हर्कबहादुर राई हत्या अभियाेगमा पक्राउ परेका छन् । आपटारकै ४९ वर्षीय कुमार बुढाथोकीलाई हत्या गरेको अभियोगमा उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

राईको खुकुरी प्रहारबाट कुमारको घटनास्थलमै मृत्यु भएको हाे । आराेपी राईले खुकुरी प्रहार गर्दा ३५ वर्षीया मन्जु भन्ने गोमा खड्का राईसमेत घाइते भएकी छन् । उनलाई उपचारको लागि विजयपुर अस्पताल हुँदै घोपा अस्पताल धरान पठाइएको छ । आराेपी राईलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेकाे हाे ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित समाचार...