१४ बैशाख २०८१, शुक्रबार

हत्या अभियोग लागेका सांसद संसद बैठकमा उपस्थित भएको भन्दै कांग्रेसको ध्यानाकर्षण

ramhari khatiwoda 768x384 1

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद बैठकमा हत्या अभियोग लागेका सांसद सहभागी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार जारी प्रतिनिधिसभाको बैठकमा उनले सभामुख चयनको निर्वाचन प्रक्रियाअघि बढिरहेका बेला हत्या अभियोग लागेका सांसद सहभागी भएकाको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

हत्या अभियोग लागेका सांसद बैठकमा उपस्थित भएको सुनेको भन्दै उनले उनीहरुको उपस्थितिमा सभामुखख चयन प्रक्रिया अघि बढ्ने वा नबढ्ने निर्क्योल गरेरमात्र बैठकको कारबाही अघि बढाउन आग्रह गरे ।

जारी बैठकले सभामुख चयन गर्दै छ । सभामुख पदमा देवराज घिमिरे र ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ ।

    सम्बन्धित समाचार...