१७ बैशाख २०८१, सोमबार

विदेशी प्रतिनिधि भेट्दा मन्त्रीले परराष्ट्रका कर्मचारी अनिवार्य राख्नुपर्ने

cabinet

मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय गरेको हो ।

आजको मन्त्रिपरिषद् बैठकमा धेरैजसो निर्णय अर्थमन्त्रालयसँग सम्बन्धित रहेको एक मन्त्रीले जानकारी दिए । सरकारले उखुको मूल्य तोकेको छ । उखुको मूल्यप्रति क्वीन्टल ५४० बनाइएको छ । यसमा सरकारले ७० रुपैयाँ भाडा अनुदान दिनेसमेत निर्णय गरेको छ । 

उपप्रधानमन्त्री विष्णु पौडेलले क्रसर उद्योगबारेसमेत मन्त्रिपरिषद्मा छलफल भएको जानकारी दिए । उनले क्रसर उद्योगबारे अध्ययन गरेर आवश्यक निर्णय लिइने बताए । यस्तै, सरकारले विभूषण वितरणका लागि मापदण्ड बनाउनेसमेत निर्णय भएको छ । मापदण्ड बनाउनका लागि समिति गठन गर्ने निर्णय भएको उनले जानकारी दिए । उनले समितिमा रहेकाहरूको नाम भने खुलाएनन् ।

यस्तै, सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाएकी छन् । 

आज बसेको मन्त्रिपरिषदको बैठकले मन्त्री शर्मालाई सरकारको प्रक्ताको जिम्मेवारी दिएको हो ।

    सम्बन्धित समाचार...