७ बैशाख २०८१, शुक्रबार

आज खुकुलो भएको लकडाउनमा के पर्‍यो, के परेन ? तालिका सहित

ezgif.com webp to jpg 1

सरकारले झण्डै तीन महिनादेखि जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ। उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार मन्त्रिपरिषदको बुधबार राति सम्पन्न बैठकले उक्त निर्णय गरेको हो।

८० दिन लामो लकडाउनपछि सरकारले लकडाउन खुकुलो पार्ने योजना अन्तर्गत मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउन खुकुलो पार्ने २१ दिने योजना सार्वजनिक गरेको हो । सर्वसाधरण नागरिक र सिङ्गो देशकै आर्थिक क्रियाकलाप ठप्प बनेपछि सरकारले विभिन्न शर्तसहित लकडाउन खुकुलो बनाएको छ ।

सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार कोरोना संक्रमण कायमै रहेको भन्दै मन्त्रीपरिषद् बैठकले चरणबद्ध रुपमा विभिन्न क्षेत्रहरुलाई खुला गर्ने निर्णय गरेको जानकारी दिए ।

सञ्चालनमा आउने क्षेत्र

  1. स्वास्थ्यसँग सम्बन्धित सबै सेवा (निजी क्लिनिक समेत) ।
  2. कृषि क्षेत्र : उत्पादनदेखि वितरणसम्म ।
  3. उद्योग व्यापार, व्यसाय, पसल, डिपार्टमन्ट स्टोर्स खुल्ला गर्ने ।
  4. सबै प्रकारका ढुवानीहरु सञ्चालनमा ल्याउने ।
  5. व्यक्तिको पैदल आवागमन खुला ।
  6. साइकल र मोटरसाइकल (मोटरसाइकलमा १ जना) सवारी गर्न पाइने ।
  7. उपत्यकाभित्रको हकमा उपत्यकाका तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्रका निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने ।
  8. फोहारमैला व्यवस्थापन काम यथावत रुपमा अगाडि बढ्ने ।
  9. बैंक तथा वित्तीय संस्था खुल्ला ।
  10. नर्सरी र वनजन्य उद्यमहरु ।
  11. विकास आयोजनाहरु ।
  12. रेस्टुरेन्टबाट खानेकुरा लैजान पाइने (टेक अवे सर्भिस) ।
  13. क्वारेन्टिनका लागि तोकिएका होटल र यातायात सञ्चालन गरिने ।
  14. सरकारी कार्यालयहरु सञ्चालन गरिने ।
  15. शिक्षण संस्थाका कार्यालय सञ्चालन गरिने ।
  16. गैरसरकारी संस्थाका कार्यालयहरु सञ्चालन गरिने ।
  17. सार्वजनिक तथा जोर–बिजोर प्रणालीमा लागू हुने गरी निजी सेवा प्रदायक कार्यालयहरुका गाडी सञ्चालन गर्न पाइने ।

सञ्चालन गर्न नपाइने क्षेत्रहरु :

  1. शैक्षिक संस्थाहरु (यसभित्र विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरु
  2. अनुमति प्राप्त बाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरु ।
  3. तोकिए बाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवत–जावत ।
  4. सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार ।
  5. सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन ।
  6. सिनेमा हल, पार्टी प्यालेस, डान्स बारलगायतका मनोरञ्जनस्थल ।
  7. सार्वजनिक पुस्तकालय, संग्रहालय, चिनियाखाना ।
  8. स्पा, सैलुन र ब्यूटीपार्लर ।
  9. स्विमिङ पुल, जिमखानालगायतका हेल्थ क्लबहरु ।
  10. सपिङ मलहरु ।
  11. समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुतीहरु ।
  12. सबै प्रकारका धार्मिक तथा सामाजिकस्थलहरु ।
  13. यात्रुबाहक सार्वजनिक सवारी साधन । पर्यटक सवारी साधन समेत ।
  14. काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सोही सम्बिन्धत जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने निजी सवारी साधन बाहेकका अन्य निजी सवारी साधन ।