१५ बैशाख २०८१, शनिबार

सरकारविरोधी प्रदर्शन थप चर्कियो पेरुमा, दर्जनौँ प्रदर्शनकारी मारिए

148230 PER20230117 1673990608615

पेरुमा राष्ट्रपति डिना बोलुआर्टेको राजीनामा र नयाँ निर्वाचनको मिति तोक्न माग गर्दै विगत केही सातादेखि भएको सरकारविरोधी प्रदर्शनका क्रममा ४२ जनाको मृत्यु भएको छ । प्रदर्शनमा दर्जनौँ घाइते भएका छन् । 

प्रदर्शन चर्किएपछि सरकारले राजधानी लिमा र अन्य तीन क्षेत्रमा संकटकाल घोषणा गरेको छ । लिमा, कुस्को, कालाओ क्षेत्रमा ३० दिनका लागि संकटकाल लगाइएको हो ।

हप्तौंदेखि जारी प्रदर्शन तत्काल मत्थर हुने कुनै संकेत नदेखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

प्रदर्शनका क्रममा सरकार र विद्रोहीबीचको झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको पेरुका मानव अधिकार आयुक्तले पुष्टि गरेका छन् । प्रदर्शनका क्रममा देशका विभिन्न क्षेत्रको सडक अवरुद्ध भएका छन् ।

डिसेम्बरको पहिलो हप्ता पूर्वराष्ट्रपति क्यास्टिलोलाई महाभियोगबाट पदच्युत गरी पक्राउ गरेपछि बोलुआर्टेले पहिलो महिला राष्ट्रपतिको रूपमा पदभार सम्हालेकी थिइन् ।
ग्रामीण विद्यालयका पूर्व शिक्षक तथा युनियनका नेता क्यास्टिलोले आफ्नो १८ महिनाको कार्यकालमा धेरै नै विवादस्पद काम गरेका थिए । उनले संसदमा विरोधको सामना गर्नुपरेको थियो । उनीविरुद्ध भ्रष्टाचार आरोपबारे थुप्रै आपराधिक अनुसन्धानहरू सुरु भएका छन् ।

    सम्बन्धित समाचार...