२२ बैशाख २०८१, शनिबार

यो वर्ष काम खोज्न ८ लाख विदेश जाँदै

baidesik rojgar

चालू आर्थिक वर्षमा रोजगारी खोज्दै विदेश जाने युवाको संख्या आठ लाखभन्दा बढि हुने देखिएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको गत ६ महिनाको तथ्यांकले यो वर्ष रोजगारीका लागि विदेश जाने ८ लाख बढि हुने देखाएको छ ।

विभागका अनुसार गत ६ महिना (साउन-पुस) सम्ममा ३ लाख ९८ हजार युवा वैदेशिक रोजगारीमा गएका छन् । यो श्रमस्वीकृति लिएर गएको तथ्यांकमात्र हो ।

श्रमस्वीकृति नलिई जानेको संख्या पनि हजारौंमा छ । अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायतजस्ता मुलुकमा पनि नेपालीहरु काम गर्न गएका छन् । यी मुलुकमा डिपेन्डेन्टका रुपमा काम गर्न जाने धेरै छन् । अमेरिकामा डिभी चिट्ठा परेर जानेहरु पनि काम गर्नका लागि नै हो ।

गत आर्थिक वर्षको पुससम्म २ लाख ९७ हजार ३५ जनाका लागि श्रमस्वीकृति जारी भएको थियो । यो वर्ष ३ लाख ३० हजारले श्रमस्वीकृति लिएको देखिन्छ । आजको कारोबार दैनिकबाट

    सम्बन्धित समाचार...